श्रीलङ्कामा सत्र भारतीय माझी पक्राउ

कोलोम्बो, २२ असार- श्रीलङ्काको तटीय क्षेत्रमा १७ जना भारतीय माझी पक्राउ परेका छन् । स्थानीय जलक्षेत्रमा ती माझीहरु पक्राउ परेका नौसेनाका सञ्चार समूहले बुधबार जानकारी दिएको छ ।

नौसेनाले दुई वटा माछा मार्ने डुङ्गा हिरासतमा लिइएको र उत्तरी समूद्रको द्विप पेद्रोमा ती माझीहरु पक्राउ परेका बताइएको छ ।

माछा मार्नको लागि श्रीलङ्काको जलक्षेत्रमा गैरकानूनीरुपमा प्रवेश गर्ने भारतीय माझीहरु बारम्बार पक्राउ पर्ने गरेका छन् ।

यस मुद्दालाई समाधान गर्नको लागि श्रीलङ्का र भारतीय सरकारी अधिकारीहरुले बारम्बार छलफल गर्ने गरेका छन् । तर यसको पूर्णरुपमा भने समाधान भएको छैन् ।