चीनबाट इन्धन आयात गर्ने प्रस्ताव परराष्ट्रमा

असार २१, काठमाडौं– आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट इन्धन आपूर्ति गर्ने विषयमा तयार पारिएको अध्ययन प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन्।

मन्त्री पुनले नेपाल र चिनियाँ पक्षबीच भएको दुई पक्षीय सहमति अनुसार पेट्रोलियम पदार्थ खरिद गर्ने प्रक्रिया सम्बन्धी आवश्यक प्रतिवेदन परराष्ट्रमा पठाइएको जानकारी दिए।

‘हाम्रो स्तरबाट गर्नु पर्ने आवश्यक तयारी र अध्ययन सकेर प्रक्रिया अघि बढाउन परराष्ट्रमा प्रतिवेदन पठाएका छौं, मन्त्री पुनले भने,‘ समस्याका रुपमा देखापरेको कर, यातायात र ढुवानीका विषयमा टुंगो लोपछि चीनबाट इन्धन खरिद गर्छौ।’

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अबसरमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो।

व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा सोमबार आपूर्ति मन्त्री पुनले यस्तो जानकारी दिएका हुन्।