बोधिचित्त ओसारपसार गर्ने पक्राउ

बनेपा, २० असार – काभ्रेपलाञ्चोकको तिमाललगायत क्षेत्रमा पाइने बोधिचित्तको मालाको अवैध ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाकाँलचौर–६ बस्ने ३३ वर्षीय चक्रबहादुर तामाङ, सिपाली चिलाउने गाविस–७ बस्ने टीना लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बा७३प ६५४७ नं को मोटरसाइकलमा वन कार्यालयको छुट पुर्जीबिना नै ४० केजी ६०० ग्राम बोधिचित्तको मालाको दानासहित पक्राउ परेका दुवैलाई आज जिल्ला वन कार्यालय धुलिखेलमा बुझाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले भकुण्डेबाट पक्राउ गरेको थियो ।