अख्तियारद्वारा नक्कली प्रहरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ, १७ असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति र बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब निरीक्षक वसन्तकुमार मण्डलले सुरु नियुक्ति एव्म बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको आयोगले जनाएको छ । निज मण्डललाई हदैसम्मको दण्ड सजाय मागदाबीका साथ आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।