जाल्टन इब्राहिमोविच म्यानचेष्टर युनाइटेडसँग आबद्ध हुने पक्का

एजेन्सी, असार १७ –
स्वीडेनका स्टार खेलाडी जाल्टन इब्राहिमोविच इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग आबद्ध हुने पक्कापक्की भएको छ।
फ्रान्सेली क्लब पीएसजीसँगको चार वर्षे सम्झौता सकिएसँगै इब्राहिमोविच म्यानचेष्टर युनाइटेडसँग आबद्ध हुन लागेका हुन्।
३४ वर्षीय इब्राहिमोविचले आफ्नो ट्वीटरमा लेखेका छन्,‘मेरो अबको गन्तब्य म्यानचेष्टर युनाइटेड हो। यो सबैलाई जानकारी गराउन चाहन्छु।’
तर, म्यानुसँग आबद्ध हुने पक्का भएपनि सम्झौतामा हस्ताक्षर हुन भने बाँकी छ। म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षकमा जोसे माउरिन्हो नियुक्त भएपछि इब्राहिमोविचलाई भित्राउन उनले विशेष पहल गरेका हुन्।
गत सिजन म्यानचेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको पाँचौ स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनबाट बञ्चित भएको थियो।
स्ट्राइकरको अभाव खड्किएपछि युनाइटेडले पीएसजीका स्ट्राइकर इब्राहिमोविचलाई भित्र्याउन लागेको हो।