पोर्चुगलका सान्चेसले बनाए युरोकपमा दुई नयाँ रेकर्ड

एजेन्सी, असार १७ –पोर्चुगलका कान्छा खेलाडी रेनाटो सान्चेसले युरो कप फुटबलमा दुई नयाँ रेकर्ड बनाएका छन्।

गएराति भएको युरो कप फुटबल २०१६ को पहिलो क्वाटरफाइनल खेलमा पोल्याण्डविरुद्ध गोल गर्दै सान्चेस नकआउट चरणमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका हुन्।

सुरुवाती दोस्रो मिनेटमै पोल्याण्डसँग १–० ले पछि परेको खेलमा पोर्चुगललार्इ बराबरीमा ल्याउन सान्चेसले ३३ औँ मिनेटमा आकर्षक गोल गरेका थिए।

यस्तै, सान्चेस सबैभन्दा कम उमेरमा पोर्चुगलका तर्फबाट ठूलो प्रतियोगिता खेल्ने खेलाडी पनि बनेका छन्। यसअघि पोर्चुगलबाट क्रिष्टियानो रोनाल्डो कम उमेरमा ठूलो प्रतियोगिता खेलेर रेकर्ड कायम गरेका थिए।

सान्चेज १८ वर्ष ३ सय १६ दिनको हुँदा युरोकप फुटबलमा पोर्चुगलबाट पहिलो खेल खेलेका हुन्।

गएराति पोल्याण्डविरुद्ध पोर्चुगललाई खेलमा फर्काउन गोल गरेका सान्चेज म्यान अफ दी म्याच समेत घोषित भए। सान्चेस जर्मन क्लब वायन म्युनिखबाट व्यवसायिक फुटबल खेलिरहेका छन्।