सरकार परिवर्तनबारे कांग्रेसले माओवादीको निर्णय पर्खने

असार १७ ,काठमाडौं –नयाँ सहमतिको सरकारबारे कांग्रेसले माओवादी केन्द्रको निर्णय पर्खने बताएको छ।

कांग्रेस नेता विमलेन्द्र निधिले माओवादी केन्द्रले सत्ताबाट बाहिरिएपछि मात्र उसँग नयाँ सरकार गठनबारेमा छलफल हुन सक्ने बताए। एमालेसँग ९ बुँदे सहमति गरी सरकारमा रहेकाले ओलीको विकल्प खोज्नेबारे माओवादी केन्द्रसँग छलफल नभएको दाबी उनले गरे।

एमाओवादी केन्द्रले भने कांग्रेस नेताहरुसँग छलफल भइरहेको दाबी गरेको छ। नेताहरु बर्षमान पुन, जनार्दन शर्मा कांग्रेस नेताहरुसँग छलफलमा छन्।