मेसि देखि रोनाल्डो सम्म बिश्व फुटवलका अहिलेका हस्तीहरुले चढ्ने सुपरकारहरु

काठमाडौँ, १६ असार – संसारमै फुटवलरको जीवन शैली निकै बिलासी मानिन्छ । फुटबल खेलाडीको जीवन जति बाहिर देखिन्छ त्यतिनै भित्र बिलासी मानिन्छ । सफल खेलाडीका पछाडी जति फ्यान हुन्छन त्यतिनै उनि हरुको आम्दानी पनि हुने गर्दछ । संसारमै सर्वाधिक मनपराइने खेल मध्यको एक हो फुटवल । फुटबल खेलाडीहरु विलासी बंगला, विलासी गाडी अझै भनु सुपरकार र लग्ज़री करका निकै शोखिन हुने गर्दछन् । आज हामी चर्चा गर्ने छौ बिश्व फुटवलका अहिलेका हस्तीहरु

१ क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो रियल मेड्रिड क्लब बाट खेल्ने गर्दछन् । संसारकै महंगो फुटबलको रुपमा परिचित रोनाल्डोको ग्यारेजमा फेरारी छढढ न्त्इ, लेम्बोर्गिनी र रोयल रोयस लग्ज़री कारका अलावा संसारकै सुपर फस्ट बोगटी भेरोन कर समेत चढ्ने गर्दछन् ।

२लियोनल मेसि

कोपा अमेरिका कपको फाइनलमा पेनाल्टी मिस गरेपछि अन्तर्राष्ट्रिय फुटबललाई नै अलबिदा भनेका मेसि क्लब फुटबलका राजा खेलाडी मानिन्छ । अर्जेन्टिनाका कप्तान समेत रहेका मेसि बार्सिलोना क्लब बाट खेल्ने गर्दछन् । संसारकै महंगो फुटबलको सुचिमा रहेक मेसिको ग्यारेजमा ब्गमष् च्ड स्पाइडर र कनवर्टिबल कूपे जस्ता अन्य लग्ज़री कार समेत रहेको छ ।

३ वेन रूनी

इंग्ल्यान्ड नेसनल टिमका फुटबलका कप्तान वेन रूनी मैनचेस्टर यूनाइटेडका खेलाडी समेत हुन् । रूनीको ग्यारेजमा एस्टन मार्टिन वैनक्विश(क् स्पोर्ट्स कार, एस्टन मार्टिन जस्ता लग्ज़री कार चढ्ने गर्दछन ।

 

४ नेमार

बिश्व फुटबलको पावर हाउस मानिने ब्राजिलका स्ट्राइकर नेमार पछिल्लो समय निकै चर्चित मानिन्छ । २४ वर्षका युवा खेलाडी नेमार बार्सिलोना बाट खेल्ने गर्दछन् । संसारकै महंगो फुटबलको सुचिमा रहेका नेमारको ग्यारेजमा ब्गमष् च्ड र न्त् कूपे जस्ता लग्जरी कार रहेको छ ।

 

५।गैरेथ बेल

युरो कपमा निकै सनसनी मचाई रहेका वेल्सका मिडफिल्डर गैरेथ बेल स्पेनिश क्लब रियल मेड्रिड क्लब बाट खेल्ने गर्दछन् । गैरेथ बेलको ग्यारेजमा ब्गमष् च्ड कार समेत रहेको छ ।