व्यवस्थापिका संसदको बैठक बस्दै

असार १६,काठमाडौं – नयाँ बानेश्वरस्थित संसद भवनमा विहान ११ बजे बस्ने बैठकमा विनियोजित मन्त्रालयगत बजेटमाथि छलफल हुनेछ।

बिहीबारको बैठकमा शान्ति तथा पुनर्निर्माण, श्रम तथा रोजगार, खानेपानी तथा सरसफाई लगायत सातवटा मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनेछन्।