एमालेमा सबै उपाध्यक्षले खोजे भूमिका, प्रदेश कमिटीपछि भूमिकाविहीन

असार १६,काठमाडौं – एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन्। स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन्।

तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ।

प्रदेश कमिटीपछि उपाध्यक्ष भूमिकाविहीन

नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ।

तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वतस् खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन्। एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ। तर, संयोजकको टुंगो लगाएको छैन।

संयोजकको ‘सकस’मा तीनपटक बैठक स्थगित

प्रदेश संगठन कमिटी गठनसँगै एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच संयोजक र सचिवमा विवाद देखिएको छ। विवादकै कारण गत ४ असारयता तीनपटक डाकिएको स्थायी समिति बैठक स्थगित भएको छ।

तीन संयोजकमा नेपाल पक्षको दाबी

सात संयोजकमध्ये तीन संयोजक दिन संस्थापन पक्ष तयार भए नेपाल पक्ष सहमतिमै टुंग्याएर जाने निष्कर्षमा पुगेको छ। ‘चार उपाध्यक्षमध्ये हामीले कम्तीमा तीनवटा क्षेत्रको संयोजकको जिम्मा पाउँछौँ, बाँकी उहाँहरूले ज–जसलाई बनाउँदा पनि हुन्छ,’ नेपालनिकट एक नेताले भने, ‘महाधिवेशनयता सहमतिमै सबै टुंगिएकाले हामी अड्काउने पक्षमा छैनौँ, त्यसरी जाँदा कुरा मिल्न सक्छ।’

संस्थापनको प्रस्ताव

प्रदेश १– संयोजनरअनुगमनकर्ता– अष्टलक्ष्मी शाक्यरईश्वर पोखरेल संयोजक–सुवास नेम्वाङ
प्रदेश २– संयोजनरअनुगमनकर्ता–घनश्याम भुुसाल संयोजक–सत्यनारायण मण्डल
प्रदेश ३– संयोजनरअनुगमनकर्ता–ईश्वर पोखरेलरअष्टलक्ष्मी शाक्य संयोजक–सुरेन्द्र पाण्डे
प्रदेश ४– संयोजनरअनुगमनकर्ता–विष्णु पौडेल संयोजक–किरण गुरुङ
प्रदेश ५– संयोजनरअनुगमनकर्ता–वामदेव गौतम संयोजक–शंकर पोखरेल
प्रदेश ६– संयोजनरअनुगमनकर्ता–युवराज ज्ञवाली संयोजक–मुकुन्द न्यौपाने
प्रदेश ७– संयोजनरअनुगमनकर्ता–भीमबहादुर रावल संयोजक–छविलाल विश्वकर्मा