टर्कीका राष्ट्रपतिद्धारा आतङ्ककारी विरुद्ध एकबद्ध हुन विश्वलाई आह्वान

अङ्कारा १५ असार । टर्कीका राष्ट्रपति रेसेप तापिप इर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझ भएको आतङ्ककारी हमलाको कडा शब्दमा निन्दा गर्दै आतङ्ककारी विरुद्ध विश्व नै एक भई लड्नुपर्ने बताउनु भएको छ ।

स्तानबुलको अतातुर्क विमानस्थलमा भएको सो आत्मघाती हमला परी ३६ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा अन्य १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

आतङ्ककारी सङ्गठनले निर्दोष नागरिकको ज्यान लिएका इर्डोगानद्धारा जारी लिखित विज्ञप्तिमा जनाउनु भएको छ ।

उहाँले सरकार, संसद सञ्चारमाध्यम र नागरिक समाज सङ्गठनसहित समग्र विश्वलाई नै आतङ्ककारी विरुद्ध एकबद्ध भई लड्नको लागि आह्वान गर्नु भएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर पनि टर्कीका सुरक्षा अधिकारीहरुले भने सो आक्रमणमा इस्लामिक स्टेट्स, आइएसको हात रहेको अनुमान गरेका छन् ।