शव फिर्ता नहुँदा कामदार बन्धक !

असार १५, काठमाडौं– सँगै दुर्घटनामा परेर मृत्यु भएकाको शव नेपाल नफर्काएसम्म फर्कन नपाउने भन्दै एक नेपाली कामदारलाई साउदी अरबमा बन्धक बनाएर राखेको पाइएको छ।

चार वर्षअघि दुर्घटनमा परेर बाँचेका इटहरी खनारका मिलन विकलाई अलफराइना कम्पनीले बन्धक बनाएर राखेको हो। उक्त दुर्घटनामा मृत्यु भएका बाँके सीतापुरका हर्षमान खत्रीको शब अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन।

शब नेपाल नफर्काएसम्म फर्किन नपाउने भन्दै विकको पासपोर्ट र अन्य कागजात कम्पनीले नै राखेको छ। विक रोजगारीका लागि साउदी गएको आठ वर्ष नाघिसक्यो।

विकका बाबु धनबहादुरले भने,‘कहिले शब नेपाल आउने हो र मोरो छोरा फर्किन पाउने हो ? धनबहादुरका अनुसार पछिल्लो चार वर्षयता कम्पनीले मिलनलाई तलब दिएको छैन। उनले भने,‘काम गरेपाबत खान र बस्न बाहेक कुनै सुविधा दिएको छैन।’