चेली छाडेर मिर्गौला व्यापारमा

असार १५, काठमाडौं– कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्।

विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ।

तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्। महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरु मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए।

कमजोर आर्थिक अवस्थाका महिला पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन्।

माइती नेपाल पूर्वाञ्चलका अनुसार दलालहरुले मिर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुने दलालहरुले आश्वस्त पारेर बिकीका लागी लैजाने गरेको जनाएको छ ।