राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा

काठमाडौँ, १४ असार – राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आज भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । यस क्रममा एपिएफले न्यू डायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले पराजित गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा पराजित गर्दै एपिएफसँगको भेट पक्का ग¥यो । पुलिसले पश्चिमाञ्चमाथि २५–१८, २५–१२ र २५–२२ को सहज जित निकाल्यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा पराजित न्यू डायमण्ड र पश्चिमाञ्चलले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल बुधबार हुनेछ ।