कैलालीमा मिनी ट्रकको ठक्करबाट एकको मृत्यु

असार १४, लम्की – कैलालीको लम्कीमा मिनी ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ।

लम्की चुहा नगरपालिकाको गुलारामा गएराति ना ४ ख ३३५९ नम्बरको मिनि ट्रकले ठक्कर दिँदा साइकल यात्री चुहा नगरपालिका–१२ का ४९ वर्षीया ककुलाल चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

साइकलमा सवार चौधरीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत चुहाको गुलारामा गएराति ९ बजेतिर मिनी ट्रकले ठक्कर दिएको थियो।

ठक्कर दिने मिनी ट्रक र चालक दार्चुला रिठाचौपाटा–८ का मोतिलाल बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।