हजारौं रोपनी जग्गा माओवादी कब्जामै

असार १४, संखुवासभा –माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन।

बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ।
कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीडित जग्गाधनीले बताएका छन्।

जिल्लाको स्याबुन(३ र ४ मा रहेको सुन्दर अलैची प्रालिको एक हजार दुई सय रोपनीभन्दा बढी अलैंचीबारी झै पनि माओवादी कब्जामै छ। त्यहाँबाट उत्पादित अलैंची माओवादीका नाममा केही व्यक्तिले लिँदै आएका छन्।

चैनपुर(१० का पीडित रामेश्वर श्रेष्ठले आफ्नो चैनपुर(८ भन्ज्याङखर्कमा ५० रोपनी खेत, २७ मुरी ठेक्का आउने धानखेती, जलजला(९ बाबुनमा आँफ लिची र धानखेती, स्याबुन(५ कुसुवा डाँडागाउँमा धानखेती अझै कब्जामा रहेको बताए। आफूले राजस्व तिरेको र आफ्ना नाममा रहेको नम्बरी जग्गा तत्काल फिर्ता दिन उनले माग गरे।