मेस्सीको सन्यासमा पारस खड्काले दिए यस्तो दुखद प्रतिक्रिया

काठमाडौं, १३ असार – एउटा खेलाडीको मन अर्कोसँग कुनै न कुनै रुपमा जोडीएको हुन्छ । भलै उनीहरु भौगोलीक दुरीले टाढा किन नहुन् । यस्तै भएको छ अर्जेन्टिनी स्टार लियोनल मेस्सी र नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काबिच पनि ।

मेस्सीले सोमबार चिलीसँग पराजय भोगेसँगै आकस्मिक रुपमा गरे अन्तराष्ट्रिय फुटवल नखेल्ने घोषणा । जसलाई लिएर पारसले प्रति दुःख ब्यक्त गरेका छन् । पारसले सोमबार नै फेसबुकमा स्टाटस लेख्दै भनेका छन् मेस्सीको निर्णय जीवनको वास्तविकता हो । मेस्सीले चालेको कदमका कारण आँफुमा फरक खालको तरंग पैदा भएको उनले उल्लेख गरेका छन् ।