पति डेनीयल सहित सन्नी लियोन नेपाल ओर्लिन्

काठमाडौं  – पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन पुनः नेपाल आएकी छिन् । केही बेर अघि मात्रै त्रिभुवन विमानस्थलमा अवतरण गरेकी सन्नीले भारतबाट उडान गर्ने क्रममा नेपाल मन पर्ने देश भएको र आँफु काठमाडौँ जान पाउँदा निक्कै नै उत्साहित भएको भन्द्र ट्विट गरेकी थिइन् ।

यसअघि सन्नी गत मंसिरमा काठमाडौं आएकी थिइन् । सन्नीले नेपालीको मायाँ पाएको र यहाँको शहरमा घुम्न तथा नयाँ कुरा सिक्न पाएको भन्दै खुसी ब्यक्त गरे लगत्तै उनी तेस्रो पटक जिङ्क भोड्काको पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् ।