‘दबावमा मिलाइन्छ बोक्सीका मुद्दा’

असार ७ ,काठमाडौं – महिलामाथि हुने बोक्सीका आरोपमा प्रहरीसमक्ष पर्ने गरेका उजुरीहरु अधिकांश राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको छ ।
सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले आयोजना जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाए।
धनुषामा नेताहरुका कारण बोक्सी आरोपमा यातना पाएका महिलाहरुले कानुन नहुँदा पनि न्याय नपाएको अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुको भनाई छ ।