अफगानिस्तानको घटना आतङ्ककारी र निन्दनीय हो– परराष्ट्रमन्त्री थापा

धनगढी, ६ असार । उपप्रधानमन्त्री कमल थापाले अफगानिस्तानमा आज भएको घटना आतङ्ककारी र निन्दनीय भएको बताउनुभएको छ ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री थापाले उक्त घटनामा नेपालीको मृत्यु भएकामा दुःख व्यक्त गर्नुभयो । कार्ययोजनानुसार संविधानको छिटो कार्यान्वयन गर्नेतर्फ सरकार लागेको जानकारी उहाँले दिनुभयो ।
एक प्रश्नमा मन्त्री थापाले भारतसँगको असमझदारी हटिसकेको बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री थापा केही दिनदेखि डडेलधुरा, बैतडी र बझाङमा सञ्चालित विकासका गातिविधिको समीक्षा एवम् अनुगमनमा हुनुहुन्थ्यो ।