औंठी नपाएको भन्दै श्रीमतीलाई घर निकाला

असार ६, काठमाडौं – सुनको औंठी माइतीबाट दाइजो नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरबाट निकाला गरिएको छ।
बिवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियरले श्रीमतीलाई घर निकाला गरेका हुन्।
भारतको बिहार राज्यका पूर्वी चम्पारण जिल्ला छौडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी बिबाह भएको थियो।
बिवाहअघि भएको कबोलअनुसार लवलीका बाबुलाई केटा पक्षलाई काठमाडौंमा घडेरी किन्न १६ लाख नगदसमेत दिएका थिए ।