तिब्बतमा पहिरोमा परी आठ जना बेपत्ता

ल्हासा (चीन), ४ असार । चिनियाँ स्वशासित क्षेत्र तिब्बतको नियाङ्ची सहर नजिकैको पाल्देन्ज गाउँमा पहिरो जाँदा ओत लाग्न पहरामुनि बसेका आठ जना पहिरोमा परी बेपत्ता भएका यहाँको प्रशासनले बताएको छ ।

शुक्रबार नौ जना स्थानीय मानिसहरु ठूलो पानीबाट बच्न ओत लागेका बेला पहिरोमा परी बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीले शनिबार बताए ।

पहिरोबाट एक जनालाई जीवितै उद्धार गरिएको छ । सख्त घाइते उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

अन्य मानिसको उद्धारका लागि सरकारी तथा स्थानीय टोलीले पहिरोमा हराइरहेका स्थानीयवासीको खोजीकार्य जारी राखेको बताइएको छ ।