नेप्सेको इतिहासमै बढी सेयर कारोबार

काठमाडौँ, ३२ जेठ – नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ ।

नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिनुभयो । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो ।

आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन्दा बढी रु एक अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भएको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो ।

बजारमा तरलता बढेको, ब्याजदर घटेको, सस्तो ब्याजदरमा ऋण उपलब्ध हुन थालेको, सुरक्षित लगानीका लागि अर्को विकल्प नपाएको लगायतका कारण दिनहँु सेयर कारोबार बढ्दै गएको अर्थविद्को भनाइ छ । सेयर कारोबारमा कमाई हुन थालेको भन्ने मानसिकताले यस क्षेत्रमा नयाँ लगानीकर्ता थपिएका छन् ।

पछिल्लो समयमा बीमा क्षेत्रमा सेयरको कारोबार ह्वात्तै बढेको सहायक प्रवक्ता पराजुलीले जानकारी दिनुभयो । वाणिज्य बैंकले जस्तै बीमा कम्पनीले पनि अधिकृत पुँजी बढाउनुपर्ने कानुनी व्यवस्था छिट्टै आउन सक्ने भन्ने मानसिकताले बीमा कम्पनीको कारोबारमा वृद्धि आएको हो ।