आत्मघाती गोलको उपहारमा स्वीडेनले आयरल्याण्डलाई बराबरीमा रोक्यो

एजेन्सी – फ्रान्समा जारी युरोकप फुटबलमा आत्मघाती गोल उपहार पाएपछि स्वीडेनले रिपब्लिक अफ आयरल्याण्डलार्इ बराबरीमा रोकेको छ।

समूह ‘इ’ गएराति भएको खेलमा स्वीडेनले आत्मघाती गोलको उपहार पाएपछि रिपब्लिक अफ आयरल्याण्ड १–१ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफको सुरुवातमै आयरल्याण्डले अग्रता लिएको थियो।

खेलको ४८ औँ मिनेटमा हुलाहानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाए।

तर आयरल्याण्डले त्यो अग्रतालाई कायमै राख्न सकेन। खेलको ७१ औं मिनेटमा आयरल्याण्डका क्लार्कले आत्घाती गोल गरेपछि स्वीडेनले आत्मघाती गोलको उपहारबाट खेल बराबरीमा ल्याउने मौका पायो।

त्यसपछि गोल गर्ने केही मौका दुवै टोलीले पाएपनि त्यसको सदुपयोग गर्न सकेनन् र खेल १–१ को बराबरीमा सकियो।