अज्ञात समूहद्वारा चितवनमा एनसेलको टावरमा आगजनी

जेठ ३१,चितवन –अज्ञात समूहले चितवनमा एनसेलको टावरमा आगजनी गरेका छन्।
गएराति साढे १० बजेको समयमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुर उपमहानगर–६ शान्ति चोकमा रहेको सो टावरमा उनीहरुले जुटको बोरामा आगो सल्काई आगजनी गरेर भागेको जनाइएको छ ।

आगजनीबाट टारवमा क्षति पुगेको र विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले जानकारी दिएपछि तत्काल नै वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो

आगजनी गर्ने समूहको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि विभिन्न जिल्लामा यस्ता घटनामा विप्लव माओवादी संलग्न रहेको समाचार आएका थिए।