चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ बनाउने

जेठ ३१,काठमाडौं–
माथिल्लो त्रिशूली २ जलविद्युत आयोजनामा चिनियाँ लगानी भित्रने भएको छ।

चीन सरकारको स्वामित्वमा रहेको हाइड्रो चाइना कर्पोरेसनले १०२ मेगावाट क्षमताको यो आयोजना अघि बढाउने भएको हो।

आयोजना निर्माणका लागि कम्पनी विद्युत विकास विभागमा उत्पादन अनुमतिपत्रका लागि जेठ दोस्रो साता निवेदन दिएको छ। यस्तै, आयोजनामा वैदेशिक लगानी भित्र्याउन कम्पनीले उद्योग विभागमा पनि निवेदन दिएको छ।

चाइना हाइड्रो चीनको ठूलो प्रवर्द्धक कम्पनी हो। ०६७ मै सर्वेक्षण लाइसेन्स पाएको चाइना हाइड्रोले माथिल्लो त्रिशूली २ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विभागमा बुझाएको छ।

हाइड्रो चाइनाले विद्युत उत्पादन लाइसेन्सका लागि निवेदन दिएको विभागका महानिर्देशक समीररत्न शाक्यले जानकारी दिए।