तेल अविवमा गोली चल्दा चारको मृत्यु

काठमाडौँ, २७ जेठ – इजरेलको प्रहरी र अस्पताल सूत्रहरुका अनुसार दुई प्यालेस्टिनी बन्धुकधारीहरुले तेल अविव शहरमा चलाएको गोली लागेर कम्तीमा ४ जना मारिएका छन्।

इजरेलको रक्षा मन्त्रालय नजिकैको सडक पारि रहेको एउटा व्यापारिक केन्द्रमा भएको उक्त घटनामा अन्य १३ जना गोली लागेर घाइते भएको आपतकालीन एम्बुलेन्स सेवाले जनाएको छ।

दुवै जना संदिग्ध आक्रमणकारी पक्राउ परेका छन् जसमध्ये एकलाई गोली लागेको छ। खुल्ला आकासमुनि खाजाघर भएको एउटा व्यस्त व्यापारिक केन्द्रमा उक्त हमला गरिएको बिबिसीले जनाएको छ ।

हमला
तेल अविवको मध्यमा रहेको सरोना बजारस्थित एउटा लोकप्रिय किनमेल तथा खानपिन गर्ने स्थानमा उक्त गोली हानाहान भएको थियो।