दीक्षित परिवारको अचल सम्पत्ति रोक्का गर्न अख्तियारको निर्देशन

जेठ २७,काठामाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षित परिवारको स्वामित्वमा देशका विभिन्न ठाउँमा रहेको अचल सम्पत्ति रोक्का गर्न निर्देशन दिएको छ। आयोगले बिहिबार विज्ञप्ति निकाल्दै साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितका विरुद्ध परेका विभिन्न उजुरी उपर अनुसन्धान गर्ने सिलसिलामा थप निर्णय गरिएको बताएको छ।
आयोगले स्वर्गीय रानी जगदम्बाको नाममा स्थापित ‘जगदम्बा दातब्य औषधालय’ तथा स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित ‘मदन धारा समिति’ का नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस भन्ने तर्फ ध्यान दिँदै त्यस्ता अचल सम्पत्ति हाललाई रोक्का राख्न नेपाल सरकार, भूमि सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरेको बताएको छ।