किन गइन् नदिन्ता अमेरिका ?

काठमाडौं, जेठ २६ – साढे एक दशकसम्म फिल्म अभिनयमै निरन्तर रहे पनि हिरोइनका रूपमा भने स्थापित हुन् सकिनन् नन्दिता केसी । ‘इन्द्रेणी’ फिल्ममा सातमध्ये एक हिरोइनका रूपमा मौका पाएकी उनले त्यसपछि झन्डै तीन दर्जन फिल्ममा अभिनय गरिन् । तर, उनका फिल्म हिट भएनन् ।

जसकारण, फिल्मभन्दा विदेशका प्रोग्राममा दत्तचित्त देखिएकी उनी केही दिनअघि अमेरिका उडेकी छिन् । हुन त यसअघि पनि उनी अमेरिका नगएकी भने होइनन् । यसपालि भने उनी हत्तपत्त फर्कने मुडमा छैनन् रे । नयाँ पत्रिकाले छापेको छ ।

‘हुन पनि हो, यहाँचाहिँ उनले के गर्नु नि ? हातमा फिल्म छैनन् । फिल्म भए पनि चल्ने होइन,’ फिल्मवृत्तमा उनीबारे यस्तै कुरा हुने गरेको छ । अमेरिका उडेर नन्दिताले भविष्यको ‘सेफ ल्यान्डिङ’ गरेको अनुमान लगाउन सकिन्छ ।