प्रचण्डलाई सरकारबाट बाहिरिन ओलीको चुनौती

काठमाडौं, जेठ २६ – भद्र सहमतिअनुसार आफूलाई केपी ओलीले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्छ भन्दै हिँड्ने माओवादी अध्यक्ष प्रचण्डलाई ओलीले सरकारबाट बाहिरिन चुनौती दिएको समाचार प्राप्त भएको छ ।

गत आइतबार बिहान प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगेका प्रचण्डलाई ओलीले वामगठबन्धन जोगाउनपर्ने र भारतसँग लड्नुपर्ने अवस्था विद्यमान रहेको तर्क प्रस्तुत गर्दै भने, ‘यो सधैंको खटपट म सुन्न चाहन्न, तपाईंलाई यो गठबनधनबाट बाहिर जानु छ भने जानुस् मेरो भन्नु केही छैन, होइन भने भद्र सहमतिका नाममा अभद्र कुरा गर्दै हिँड्ने काम बन्द गर्नुपर्यो ।’आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

ओलीको रौद्र रुप देखेर रिस पोख्न पुगेका प्रचण्ड आफैँ ठण्डा भएर भने, ‘म राष्ट्रिय सहमतिको सरकारको नेतृत्व लिने पक्षमा छु, तपाईंलाई हटाएर बहुमतीय सरकारको प्रधानमन्त्री बन्ने मेरो चाहना होइन ।’