वरिष्ठ सङ्गीतकार गुरुङलाई सरकारले राष्ट्रिय सम्मान दिने

काठमाडौँ, २५ जेठ – वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पु¥याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ ।”

मन्त्रालयले उहाँको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।