‘दिनहुँ ४१ घटना, ६ को मृत्यु’

जेठ २५,काठमाडौं –जेठ १३ देखि १९ सम्म देशमा २ सय १९ सडक दुर्घटना, ४६ को मृत्यु भयो भने १ सय २ गम्भीर घाइते भए।

जेठ ६ देखि १२ गतेसम्म २ सय ५१ वटा दुर्घटनामा ४५ को मृत्यु भएको थियो। तथी घटनामा १ सय ९ जना गम्भीर घाइते भए।

ट्राफिक प्रहरी निर्देशनालयले जेठ महिनाको दोस्रो र तेस्रो साता संकलन गरेको देशभरको दुर्घटना तथ्य हेर्दा दिनमा औसत ६ दशमलब ५ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको देखिन्छ।

पछिल्लो एक वर्षको तथ्यांकले पनि नेपालमा हरेक दिन औसत ६ जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुने गरेको देखाउँछ।