संगीतकार अम्बर गुरुङको मृत्युको खबर हल्लामात्रै

काठमाडौँ, २४ जेठ । राष्ट्रिय गीतको धुनका रचयिता तथा वरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्युको खबर केवल अफवाह मात्रै भउको भन्दै गलत हल्ला फैलाइएको भन्दै गुरुङको परिवारजनले समाचारको खण्डन गरेको छ । सोमबार गुरुङको निधन भएको भन्दै कतिपय मिडियाले गलत काम गरेको भन्दै परिवारले दुःख व्यक्त गरेको छ ।

गुरुङको परिवारका अनुसार उनको राजधानीको ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।उपचार भइरहेको छ । गुरुङका छोरा किशोरका अनुसार उनको स्वास्थ्य अवस्था अहिले पनि स्थिर रहेको छ ।

यद्यपी उनको उपचारमा संलग्न चिकित्सकहरुले शरीरका विभिन्न अंग निष्क्रिय बन्दै गएको बताएका छन् । उनको भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित छन् । उनी केही समय अघि मात्रै भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्कीएका थिए ।