हेलो सरकारमा एकैजनाका तीन हजार गुनासा

जेठ २४ ,काठमाडौं–सडकमा खाल्डाखुल्डी परेको होस् कि बिजुलीका तार लत्रेको, प्रहरीले घूस खाएको होस् वा सरकारी कार्यालयको सम्पति दुरुपयोग भएको। प्रनिस थापा यस्ता कुरा देखेको नदेख्यै गर्न सक्दैनन्।
फोटो वा भिडियो खिचेर हेलो सरकारमा खबर नगरी उनलाई चित्तै बुझ्दैन। तपाईलाई पत्यार नलाग्न सक्छ चितवन रत्ननगर २, टाँडीका १७ वर्षीय प्रनिसले ५ वर्षमा तीन हजारभन्दा बढी गुनासा हेलो सरकारमा पठाइसकेका छन्।

हेलो सरकार सुरु हुँदा प्रनिस १२ वर्षका थिए। गुनासो र उजुरी गर्न उनले त्यसैबेलादेखि थालेका हुन्। अखबारमा छापिएका समाचारका कटिङ वा टीभीमा आउने समाचारका क्लिपसमेत उनी पठाउँछन्। कतै त आफै सेवाग्राही बनेर पुथ्ने अनि अनियमितता वा नियम उल्लघंन देखेमा भिडियो चिखेर पठाउाने पनि गरेको छन्।
हेलो सरकारमा उनले अहिलेसम्म करिब २ हजार ५ सय उजुरी टेलिफोनबाट छिटपाएका छन् भने ५ सय जति इमेलबाट पठाएका छन्। पछिल्लो ३ महिनामा उने ५ सय उजुरी टेलिफोनबाट टिपाएका छन्।