सफल दाम्पत्य जीवनका लागि सन्नीका टिप्स

एजेन्सी- पछिल्लो केही समय बलिउड अभिनेता–अभिनेत्रीका सम्बन्धविच्छेदका घटना बढेका छन् । यही अवस्थालाई बुझेर होला, बलिउड अभिनेत्री सन्नी लियोनीले सफल दाम्पत्यजीवनका लागि टिप्स दिन थालेकी छिन् ।

आठ वर्षअघि डेनियल वेबरसँग विवाहबन्धनमा बाँधिएकी सन्नीले श्रीमान्–श्रीमतीबीच कम्प्रोमाइज हुनुपर्ने बताएकी छिन् ।
‘विश्वास र सम्झौता नै जीवन सफल बनाउने सूत्र हुन्,’ एक कार्यक्रममा उनले भनिन्, ‘ह्याप्पी वाइफ, ह्याप्पी लाइफमा म विश्वास गर्छु । त्यसका लागि पनि विनासर्त प्रेमको आवश्यकता पर्छ ।’नयाँ पत्रिकामा छापिएको छ ।