साढे ३ किलो चरेशसहित बालाजुबाट एकजना पक्राउ

जेठ २१,काठमाडौं –साढे ३ किलो चरेसहित सोह्रखुट्टे प्रहरीले बालाजुबाट एक जना पक्राउ गरेको छ।
दैलेखका ३१ वर्षीय नारायण प्रसाद खनाललाई बालाजु बाइपासबाट पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए। काठमाडौंमा विक्रीमा लागि ल्याएको चरेश बरामद भएको उनले बताए।

खनाललाई अहिले सोह्रखुट्टे प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ।