चर्चित चलचित्र ड्रिम्स पाईरेसी गर्ने दुईजना पक्राउ

काठमाडौँ – सुपस्टार भुवन केसीले निर्माण गरेको चलचित्र ड्रिम्स पाईरेसी गर्ने दुईजना पक्राउ परेका छन् । ड्रिम्सकै डिजिटल अधिकार लिएको हाईलाईट्स नेपालका कर्मचारीहरु विधान गुरुङ् र चन्द्र नगजुले पाइरेसी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यसैबिच भुवनले दोषीलाई कडा भन्दा कडा सजायँ हुनुपर्ने माग गरेपछि हाइलाईट्स नेपालका सञ्चालक ओम गुरुङ्ले आफ्नो कर्मचारीले गलत गरेको स्विकार्दै कानुन मोजीमको कारवाही सअर्ष स्विकार्ने बताएका छन् ।