अख्तियारको निर्देशन नमाने मुद्दा !

जेठ २०,काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यसहितका मन्त्रालय एवं निकायलाई पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड बनाएर लागू गर्न आफूले दिएको निर्देशन कार्यान्वयन नभएपछि छानबिन थाल्ने भएको छ।

छानबिनपछि निर्देशन उल्लघंन गर्ने मन्त्रीसहितका पदाधिकारीमाथि भ्रष्टाचारमा मुद्दा चलाउने चेतावनीसमेत अख्तियारले दिएको छ।

स्वास्थ्यलगायत विभिन्न मन्त्रालय र मातहतका निकायमा पदाधिकारी नियुक्तिका लागि नयाँ मापदण्ड तय गर्न आयोगले एक महिनाअघि दिएको निर्देशन कार्यान्वयन गर्न मन्त्रीले आनाकानी गर्दै आएका छन्।

आयोगले पदाधिकारी नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासबाट २०६७ सालमा स्थापित नजिर पालना गर्दै उक्त निर्देशन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई सुझाव दिएको थियो।