बहिनीको हत्यारा पत्ता लगाउन विमल घर्तीमगरले गरे यस्तो उद्घोष

काठमाडौं , १९ जेठ – राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगर आफ्नी १७ बर्षिया बहिनी मनीषाको हत्यारा पत्ता लगाउन आँफु नै लड्ने उद्घोष गरेका छन् । बहिनीलाई गुमाउनुको पिडा खेपीरहेका बिमले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् अहिलेसम्म मैले देशका लागि कति गरेँ, तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन । उनले आफ्नो परिवार र आँफुलाई यस्तो अप्ठ्यारो पर्दा पनि सरकार मुकदर्शक बनेको भन्दै गुनासो पोखेका छन् ।