प्लाष्टिक झोलामा राखेर फालेको अवस्थामा दुई नवजात शिशुको शव फेला

विराटनगर, १७ जेठ – विराटनगरमा आज दुई नवजात शिशु (बालक)को शव फेला परेको छ ।

विराटनगर–१२ स्थित ग्रिनक्रस अस्पतालबाट घोघापुल चोकतर्फ जाने बाटोमा प्लाष्टिक झोलामा राखेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।