माल्पुवादेखि माछा, कुखुरा र खसीको मासु खाएर गरिएको तीनबुँदे सहमतिको अन्तर्कथा

काठमाडौं, जेठ १७ – २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन ।
तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, ‘शान्तिप्रक्रियाको काम अझै टुंगिएको छैन । सीमांकनलगायतका विवाद मिलाएर संघीयता कार्यान्वयन गर्न पनि ढिलाइ भइरहेको छ । त्यस्तै, पुनर्निर्माणको काम स्वाभाविक रूपमा अघि बढ्न नसक्दा जनतालाई मर्का परेको छ ।
राष्ट्रिय सहमति बनाएर सबै जटिल विषयलाई सम्बोधन गर्न नेतृत्व तपाईं लिनुस् भनेर कांग्रेसले मलाई भनिसकेको छ । अब हामीले के गर्ने ? साझा निष्कर्ष बनाउन प्रधानमन्त्रीको प्रतिक्रियाको अपेक्षा छ ।’ जवाफमा ओलीले भने, ‘निष्कर्ष तपाईंले नै दिइसक्नुभयो, अब खाना खाऔँ, बाँकी कुरा भोलि शीर्ष तहमा बसेर गरौाला ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

२२ वैशाख : नयाँ सरकार बनाउने माओवादीको निर्णय बिहानै एमाले उपाध्यक्ष वामदेव गौतम एमाओवादी अध्यक्ष प्रचण्डकहाा गए । वामदेवले सरकार नछाड्न, बरु विकल्पका लागि केपी ओलीलाई आफूले सहमत गराउने प्रस्ताव प्रचण्डसाग राखे । तर, लगत्तै कांग्रेस नेता विमलेन्द्र निधि पनि लाजिम्पाट पुगे । एमाओवादीको पदाधिकारी बैठकपछि ११ बजे प्रचण्डकै हस्ताक्षरमा विज्ञप्ति आयो जसमा पार्टीको नेतृत्वमा सरकार बनाउने उल्लेख थियो । वक्तव्यलगत्तै प्रचण्ड बारपाकलगायत गोरखाका विभिन्न गाउामा गए, तर हावाहुरीले उनको हेलिकोप्टर फर्कन ढिलो भयो ।
त्यतिन्जेलसम्म एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई चिनियाा राजदूतले भेटिसकेका थिए । कृष्णबहादुर महरा र स्वयं प्रचण्डसाग पनि बेइजिङले घटना विवरणबारे फोनवार्ता गरिसकेको थियो । त्यहीबीचमा कांग्रेस र एमाओवादीबीच नयाा सरकार बनाउने सहमतिको मस्यौदा बनाउन कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा एमाओवादीबाट महरा, वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकर खटिएका थिए । तर, विमलेन्द्र र स्वयं शेरबहादुर देउवाले खोज्दा पनि रमेश लेखक भने सम्पर्कमा थिएनन् ।
त्यसैले मस्यौदा बनाउन ढिलो भयो । सााझसम्म सातबुादे मस्यौदा त बन्यो, तर ढिलो भएकाले भोलिपल्ट मात्र हस्ताक्षर गर्ने सहमति भयो । बेलुका लाजिम्पाटमा एमाओवादीको स्थायी कमिटीको बैठक बस्यो । धेरैजसो मन्त्रीले सरकार छाड्न नहुने, बरु एमालेसाग नयाा समझदारी गर्नुपर्ने विचार राखे । यता कांग्रेसका तर्फबाट विमलेन्द्र निधि प्रचण्डसँग निरन्तर सम्पर्कमा थिए ।
सरकार छाड्ने औपचारिक जानकारी लिएर सााझ एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव महरा प्रधानमन्त्री निवास पुगे । एमालेबाट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि थिए । यसरी सत्तारुढ गठबन्धनका दुई वामपन्थी दलबीच लगातार दोस्रो राति बालुवाटारमा वार्ता भयो । पार्टीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने घोषणा गरेर बालुवाटार पुगेका प्रचण्डले आफूलाई सघाउन केपी ओलीसाग आग्रह गरे ।
तर ओलीले भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा ठीक छ, एमालेकै प्रस्तावमा तपाईं प्रधानमन्त्री हुनुस्, वाम गठबन्धन नतोडौँ, यसले मुलुकको हित गर्दैन र संविधान पनि कार्यान्वयन हुन सक्दैन, सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन दिनुस् अनि हाम्रै प्रस्तावमा प्रधानमन्त्री बन्नुस् ।’
ओलीले यो पनि भने, ‘भोलि सम्झौताको ड्राफ्ट बनाउनुहोस्, म खाली काजगमै पनि सही गर्न तयार छु ।’

२३ वैशाख : तीन बुँदे र नौ बुँदे बालुवाटार बैठको भोलिपल्ट बिहानै वामदेव फेरि प्रचण्ड निवास पुगे । एक घण्टा लामो बार्ता भयो । बजेट र नीति तथा कार्यक्रमपछि ढिलोमा असार १५ भित्र सरकार परिवर्तन गर्ने विषयमा एमाले र प्रधानमन्त्रीका तर्फबाट वामदेवले जिम्मा लिए पछि सहमतिको मस्यौदा बनाउने तयारी सुरु भयो । तर उता कांग्रेस पनि एमाओवादीसाग सहमति गर्न प्रतीक्षारत थियो ।
१० बजे देउवा, विमलेन्द्र र रमेश लेखक प्रचण्ड निवास लाजिम्पाट आइपुगे । सुरुमा देउवा र प्रचण्डबीच छुट्टै कुराकानी भयो । प्रचण्डले आफूलाई प्रधानमन्त्रीमा सहयोग गर्न तयार भएकोमा देउवालाई धन्यवाद दिए तर तत्काल आफू प्रधानमन्त्री बन्न नसक्ने जानकारी गराए । प्रचण्डको कुरा सुनेर देउवाले भने, ‘ए ठिकै छ, तपाईं आफौ पछि हट्नुभयो भने हामीले अन्यथा सोच्नुपर्ने केही छैन ।’
लगत्तै निधि र लेखक पनि बैठकमा बसे । प्रचण्डले तत्काल सरकार छाड्न नसकिने, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा मिलेर जानुपर्ने दोहोर्‍याए । प्रचण्डको भनाईले विमलेन्द्र निधि भने अलिक आक्रोशित थिए । उनले प्रचण्डलाई धोका दिएको र पछि मूल्य तिर्नुपर्ने सम्मको चेतावनी दिए ।
यता एमाले र एमाओवादीका नेताहरू नयाा सहमतिको मस्यौदा बनाउन जुटिसकेका थिए । एमालेका वामदेव गौतम र विष्णु पौडेल, एमाओवादीका वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरले अर्थमन्त्रीको सिंहदरबारस्थित गोप्य कक्षमा बसेर ११ बुादे र तीनबुादे प्रस्ताव बन्यो ।
तीन बुादे गोप्य राख्ने सहमति थियो । सहमतिमा हस्ताक्षर गर्न बालुवाटारमा भएको बैठकमा एमालेबाट प्रधानमनन्त्री ओली, झलनाथ, माधव, वामदेव, ईश्वर पोखरेल, विष्णु पौडेल, भीम रावल र अग्नि खरेललगायत तथा एमाओवादीबाट प्रचण्ड, नारायणकाजी, वर्षमान, टोपबहादुर र हरिबोल थिए । असन्तुष्ट भएका कृष्णबहादुर महरा भने गएनन् । विष्णु पौडेलले ११ बुादेको मस्यौदा पढेर सुनाए । ११ बुादेमा बहिर्गमित लडाकुलाई २–२ लाख दिनेलगायतका दुई बुादा हटाउने र त्यसलाई बजेटबाटै सम्बोधन गर्ने सहमति भयो ।
अब पालो आयो तीन बुादेको । वाचनपछि वामदेवले ‘यसको स्पिरिट भनेको ढिलोमा असार १५ सम्ममा सरकार हस्तान्तरण गर्ने हो’ भनेर व्याख्या पनि गरे । यो सब सुनेर प्रधानमन्त्री भड्किए । ‘त्यस्तो सही गरेर मलाई बजेट पनि ल्याउनु छैन, नीति तथा कार्यक्रम पनि चाहिएन, क्याबिनेट बोलाएको छु, अहिल्यै राजीनामा घोषणा गर्छु ।’
प्रधानमन्त्रीको यो कुरा सुनेपछि एमाओवादी उपाध्यक्ष नारायणकाजीले पनि प्रश्न गरे, ‘यो के हो तरिका ?हामीलाई झुक्याउन खोजेको हो कि के हो ?’ लगत्तै वामदेव जंगिए, ‘के हो ओलीजी ? हिजो यी सबै कुराका लागि तयार छु, माओवादीसाग कुरा मिलाउनुस् भनेर जिम्मा दिने, अहिले तर्किने ?
तपाईंको सबैभन्दा नजिकको मान्छे विष्णु (पौडेल) जीसाग मिलेर तयार पारेको सहमति पनि मान्दिन भन्ने ? अप्ठेरोमा काम लगाएर अहिले उसैलाई अप्ठेरोमा पार्ने ? यो तपाईं सागसल्लाह भएर गरेको हो कि होइन ? विष्णुजी बोल्नुस् ।’ तर विष्णु केही बोलेनन् । बरु प्रधानमन्त्री उठे र केही नभनी लसक लसक अर्को कोठातिर लागे । एमाओवादीको टोली अब वामदेवतिर सोझियो । ‘यो के तरिका हो ? यो के गरेको हो ? के आधारमा अब एकअर्कालाई विश्वास गर्ने ? तपाईंहरुको खास कुरा के हो ?’
माओवादीहरूको प्रश्न थियो । तर वामदेव आफौ अलमलमा थिए । एकै छिनमा विष्णु पौडेल निस्किए, केही बेरमा अग्नि पनि निस्किए । २० मिनेटपछि उनीहरुले प्रधानमन्त्रीलाई बैठकमा फर्काए । बस्दा नबस्दै प्रधानमन्त्रीले भने, ‘ल ल्याउनुस् म साइन गर्छु । जे तयार छ त्यही ल्याउनुस् ।’ त्यसपछि प्रचण्डले भने, ‘एघार बुादेमा सही गरौ । ३ बुादेमा हस्ताक्षर नै गर्ने कुरा मलाई पनि धेरै कन्फर्टेबल पनि लागेको थिएन । साथीहरूलाई मैले सोधेको पनि हुा, अब प्रधानमन्त्री आफौ कन्फर्टेबल नभइकन हस्ताक्षर किन गर्नुपर्‍यो ?
आपसी विश्वासको कुरा हो, हस्ताक्षरले मात्र के हुन्छ र ? विगतमा तपार्इंहरूले कांग्रेससाग सही गरेर पनि कहाा लागु भयो र ?’ त्यसपछि विष्णुले ११ बुादे पढेर सुनाए । दुबै पक्षको सहमतिमा नौ बुादामा सीमित भयो । त्यहीबीचमा माधव नेपालले सोधे, ‘केपी कमरेडको जम्मा सात महिना भयो, प्रचण्डजीले चाहिा बीस महिना खाने ?’ प्रचण्डले जबाफ दिए, ‘माधवजीको कुरा जेन्युइन हो । त्यसलाई पनि विचार गर्नुपर्छ ।’ केहीबेरमा माधव निस्किए । प्रधानमन्त्री क्याबिनेट मिटिङमा गइसकेका थिए ।
झलनाथले प्रचण्डलाई भने ‘तपाईंपछि मेरो पालो है ।’ अनन्तले जिस्काए, ‘पालो त वामदेवजीको पो हुनुपर्ने । उहाा त प्रधानमन्त्री नै हुनुभएको छैन । वामदेवले भने, ‘पालो भनेर मलाई २ महिनामा टुंग्याउने कुरा छ भन्ने मैले पनि सुनेको छु । म कहाा मान्छु ? अब एमाले र एमाओवादी मिल्ने हो, बहुमत ल्याउने र मैले ‘फुल टेनियर’ (पूरा कार्यअवधि) चलाउने हो ।’ दुई दिन अघि छुट्टिने घोषणा गर्दा डिनर गरेका थिए । तर त्योदिन मिलेर अघि बढ्ने घोषणा गर्दा चियामात्र खाएर बिदा भए ।