आइपिएलको फाइनल आज, हैदरावादले बेंग्लोरको सामना गर्ने

काठमाडौं, जेठ १६ –  इण्डियन प्रिमियर लिग आइपिएलको नवौं संस्करणको फाइनल खेल आज हुँदैछ । स्थानीय समय अनुसार राती ८ बजे सुरु हुने क्रिकेट महाभिडन्तमा रोयल च्यालेन्जर बेंग्लोर र सनराइजर्स हैदरावादले मैदानी भिडन्त गर्नेछन् ।

यि दुवै टिम अनुभवी खेलाडीले भरीभराउ भएपनि बेंग्लोरले यसअघि दुई पटक उपाधि भिडन्त गरिसकेका छन् ।

जारी खेलमा बेंग्लोरले पाँच खेलमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ भने हैदवारवादले पाँच खेलमा तीनवटामा जित हात पार्न सफल भयो ।