एजेन्सी–अमेरिकाको एक अदालतले अभिनेता जोनी डेपलाई आफ्नी पत्नी एम्बर हर्डबाट टाढा रहन आदेश दिएको छ। एम्बरले आफूलाई डेपले आक्रमण गरेको आरोप लगाएपछि दुई जना अलग अलग रहँदै आएका थिए। शुक्रबारको सुनुवाइमा अदालतले भनेको छ, डेपले एक झगडाका क्रममा उनीमाथि उनकै मोबाइल फ्याँकेका थिए।