राहदानी अब एकै दिनमा

जेठ १२, काठमाडौं–  मेसिन रिडेबल पार्सपोर्ट (एमआरपी) अब सेवाग्राहीले चाहेकै दिनमा लिन सकिने भएको छ। राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने तयारी गरेको हो ।

सेवाग्राहीले आवेदन दिएकै दिन बढी शूल्क लिएर विभागले एमआरपी उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो। विभागले बढी मूल्य तिरेर एकै दिनमा राहदानी उपलब्ध गराउन सक्ने जनाएको छ।

‘सेवाग्राहीको आवश्यकताअनुसार एकै दिनमा एमआरपी दिने तयारी भइरहेको भएपनि द्रुत सेवाको शूल्क के कति लिने भन्नेबारे टुंगो नलागीसकेको ’ विभागका महानिर्देशक लोकबहादुर चन्दले बताए ।  द्रुत सेवामार्फत सेवाग्राहीबाट बढी शूल्क लिने उद्धेश्य नभइ, सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने प्रयास मात्र गरिएको उनको भनाइ छ ।