सिंहदरबारको गेटमा रक्तिम रङ्ग छर्केका ईःशानले फेरि भद्र अवज्ञा गर्ने

जेठ ११, काठमाडौं–  नेपाली राज्यको केन्द्रको रुपमा रहेको सिंहदरबारको वास्तविक चरित्र उदाङ्गो गर्ने उद्देश्यले अस्ति सिंहदरबारको गेटमा रक्तिम रङ्ग छर्केका ईःशानले फेरि भद्र अवज्ञा गर्ने घोषणा गरेका छन् ।

अस्ति सिंहदरबारको गेटमा रक्तिम रङ्ग छर्केको आरोपमा समातिएका ईःशान राति करिब ८ः३० बजे छुटेका थिए । त्यसपश्चात सोही दिन राति करिब १० बजे प्रम निवास, बालुवाटार गएर रक्तिम रंग छर्केका कारण उनी फेरी पक्राउ गरी कमलपोखरी प्रहरीवृत्तमा राखिएको थियो ।  उनले हिरासतमै अनशन थालेका थिए ।

राति १० बजे पुनः भद्र अवज्ञा गर्दै प्रधानमन्त्री निवास बालुवाटारको तेस्रो द्वारमा रक्तिम रङ्ग छर्केपछि मलाई कमलपोखरी प्रहरीवृत्तमा हिरासतमा राखिएको थियो भन्दै ईःशानले फेसबुकमा लेखेका छन्। मैले विहान ११ बजेमात्र बाहिर सम्पर्क गर्न पाएँ। म ३ः३० बजे चिन्तित साथीहरूको रोहबरमा हिरासत मुक्त भएँ ।’

उनको पुनः भद्र अवज्ञा गर्ने योजना छ । सार्वजनिक आग्रह सम्बोधन नभएसम्म मेरो निर्जल वर्त जारी रहनेछ। देश बचाउनका लागि सबैलाई भद्र अवज्ञा गर्दै सत्याग्रह गर्न उनले आग्रह गरेका छन् ।