मोर्चालाई विशेष पत्रसहित वर्ताका लागि आब्हान

जेठ ११, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा वलीले आन्दोलनरत संयुक्त मधेशी मोर्चालाई पत्र पठाउँदै वर्तामा आउन पुन आग्रह गरेका छन् । मोर्चाका नेताहरुले उठाउँदै आएका विभिन्न प्रश्नको जवाफ सहित उनले सोमबार मोर्चालाई पत्र पठाएका हुन् ।
सरकार प्रमुखका हैसियतले सत्यतथ्यका आधारमा समाधान खोज्नुपर्ने बताउँदै उहाँले अबको वर्ताले सनर्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले मोर्चालाई लेखेको पत्रमा “राष्ट्र हाम्रो हो, यसलाई सहमतिका साथ सहकार्य गर्दै समृद्धिको दिशामा अगाडी बढाउन हातेमालोका लागि आग्रह गर्दछु” भनि उल्लेख गरिएको छ ।
सत्तारुढ, प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग छलफल गर्न बोलाएको बैठकको पूर्वसन्ध्यामा ओलीले पत्र पठाएका हुन् ।
सरकार मोर्चामा आवद्ध दलहरुबीच विभिन्न समयमा पटक पटक भएका वर्ताहरु, दल दल विच तथा सरकारका विच रहेका कतिपय असमझदारी बुझ्न बुझाउन सहयोगी रहेको र आन्दोलित मनस्थिति रहेका बखत कहिलेकाहीँ आफ्नै प्रयासबाट पं्रप्त उपलब्धि  समेत हामीलाई गौंड लाग्न सक्ने उक्क्त पत्रमा उल्लेख गरिएको छ ।