माओवादी केन्द्रको बैठक आज पनि जारी, जिम्मेवारी हेरफेर हुन सक्ने

जेठ १०, काठमाडौं– जिम्मेवारी बाँडफाँट र भावी रणनीति बनाउने विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को बैठक आज पनि बस्दैछ ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पाटी प्यालेसमा दिउँसो १ बजेपछि बस्न लागेको बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले पनि बोल्ने छन् ।
पदाधिकारी र पार्टीमा वरीयतालाई लिएर माओवादी केन्द्र भित्र बिबाद छ । अध्यक्ष दाहालले रामबहादुर थापालाई दोस्रो बरीयतामा ल्याउन खोजेपछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट बनेका छन् ।
त्यसैविच महासचिव र सचिवका विषयमा पनि उपयुक्त नेताहरूलाई जिम्मेवारी दिनुपर्ने माग उठेको नेताहरु बताउछन् ।