नेपालसँग सम्बन्ध सुधार्न चाहन्छौः भारतीय ऊर्जा मन्त्री

जेठ १०, काठमाडौं– भारतका ऊर्जा मन्त्री पियुष गोयल आइतबार दिल्लीमा नेपाली पत्रकारहरूसँगको मन्त्रालयमै गरिएको अन्तर्क्रियामा करिब २ घन्टा सम्म सामेल भएका थिए ।
अन्तरक्रिया क्रममा उनले भारत नेपालसँगको सम्बन्ध सुधारको पक्षमा रहेको स्पष्ट पारे। भाजपाका प्रभावशाली नेतामध्येका एक गोयलले पटक(पटकका क्रममा नेपाल भारत बिग ब्रदर नभएर इक्वेल ब्रदर रहेको, नेपालको सार्वभौमिकतामा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारतबाट खतरा नभएको, नेपालको विकासमा भारत साथ रहेको अनि प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालप्रतिको सद्भाव कायमै रहेको बताए।