तुइनबाट गाडी वारपार

जेठ ९, जाजरकोट– जाजरकोट डोल्पा सडकको तल्लुबगर स्थित भेरी नदीमा तुइनको सहयोगबाट यातायातका साधन तारिएको छ। जाजरकोटको तल्लुबगर र रुकुमको छहरीबगर विचको भेरी नदीमा तुइनको सहायताले जीप, ट्याक्टर लगायतका सवारी साधन वारपार गराइएको छ ।

सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्य दल र रुकुम गोतामकोटका स्थानीयको संयुक्त सक्रियतामा तुइन निर्माण भएको हो । गोतामकोटका कमल थापा, यज्ञ खड्का, प्रकाश खड्का, दरीमान बस्नेत, यज्ञ जिएम लगाएत १३ जनाले गरेको १८ लाखको लगानीमा तुइन निर्माण भएको हो ।

भेरी नदीको वल्लो र पल्लो किनारमा बनाएको पिलरमा लठ्ठा झुण्ड्याएर घिर्नीको सहायताले एक पटकमा १ गाडी तारेको थापाले बताए । भेरी नदीमा पुल नहुँदा संयुक्त लगानीमा तुईन निर्माण गरेर गाडी तारेको उनले बताए ।