प्रचण्ड विरुद्धअदालतमा अवहेलना मुद्दा किन ?

जेठ ४, काठमाडौं–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

दाहालले गत शनिवार एक अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयकोअवज्ञा गरेको दाबी गदै एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित अधिवक्ता दिनेश त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका हुन्।

‘अदालतले दिउँंसै रात पार्न खोजेको,’ ‘आफुहरुले अदालतका आदेश नमान्ने,’ तथा ‘के हो अदालत रु ’ भन्ने प्रश्न गर्दै द्वन्द्वकालिन मुद्दाको छिनोफानो सत्य निरुपण तथा मेलमिलाप आयोगले गनुपर्ने भनाई राखेको प्रश्न पनि निवेदनमा उठाइएको छ ।